नेपालगन्ज । राष्ट्रिय गौरवको हुलाकी सडक आयोजना अन्तर्गत नेपालगन्ज–गुलरिया सडक खण्डमा नेपालगन्ज तर्फबाट कालोपत्रेको काम शुरु भएको छ । हलाकी सडकको नेपालगन्जको प्रस्थान बिन्दु नन्दनी मिलदेखि एकतर्फी सडक कालोपत्रेको काम शुरु भएको हो । निर्माण कम्पनी शर्मा एण्ड कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्माले सरकारले समयमै बजेट व्यवस्थापन गरे ठेक्का अवधि सकिनु १ वर्ष पहिले नै…