बुटवल । दुध उत्पादक किसानहरुले बुटवलमा गरेको शान्तिपूर्ण चक्काजाममा प्रहरी हस्तक्षेप गरेको छ । दुध बापतको भुक्तानी, मनपरी कायम गरिएको मूल्य खारेजी, भारतबाट अवैध रुपमा भित्रीरहेको दुध तथा दुग्धजन्य पर्दाथमा रोक लगायतका माग राखी आन्दोलनरत दुध उत्पादक किसानले बुटवलमा एक घण्टा गरेको चक्काजाममा प्रहरीले हस्तक्षेप गरेको हो । बुटवलको राजमार्ग चौराहमा जम्मा भएको दुध उत्पादक…