बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ को सभापतिका लागि बुधबार संस्थापन इतर समूहले उम्मेदवारी घोषणा गरेको छ । बुटवलमा शेखर कोइराला समूहले बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयको उपस्थितिमा फर्सुराम ढकाललाई सभापतिको उम्मेदवार बनाउने घोषणा गरेको हो । रिक्त रहेको सभापति पदमा सहमति जुट्न नसकेकेपछि संस्थापन पक्ष र इतर पक्ष दुवैले उम्मेदवार खडा गरेका छन्…