नेपालगन्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले नेपालगञ्ज उपमहानगरपालिकामा फैलिएको दादुरा प्रकोप क्षेत्रको निरीक्षण गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका र त्यस आसपास फैलिएको दादुरा महामारी क्षेत्रमा पुगेर स्वास्थ्यमन्त्री गिरी सहितको टोलीले निरीक्षण तथा अवलोकन गरेको हो । महामारी फैलिएको क्षेत्रको अवलोकन तथा निरिक्षणका लागि मन्त्री गिरीसहित स्वास्थ्य सचिव डा रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका…