कैलाली । कैलालीबाट बझाङका लागि छुटेको बस र बझाङबाट धनगढीतर्फ गईरहेको ट्रक एक आपसमा ठोक्किदा कम्तीमा १५ जना घाईते भएका छन् । डडेल्धुराको आलिताल गाउँपालिका - १ मा पर्ने गङखेत भन्ने स्थानमा दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार सदूरपश्चिम यातायातको ना५ख ६७३४ नम्बरको बस र से१ख ८७८ नम्बरको…