बुटवल । रुपन्देहीको सैनामैना-१ बोलबम मार्गमा स्थानीय एक युवा मृत अवस्थामा फेला परेका छन् । सैनामैनाको बोलबम मार्ग सडकको करिब ५० मिटर उत्तरतर्फ सडक छेउमा साइकलसँगै लडेर मृत्यु भएको अवस्थामा ती युवा फेला परेका हुन् । बिहानै सडक किनारमा युवक पल्टेको अवस्थामा देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बुधबार साँझ आफू बस्ने कोठामा जाँदै…