बुटवल । स्थानिय निर्वाचन २०७९ लाई स्वच्छ र शान्तिपुर्ण बनाउन मानव अधिकारवादी पाँच संघसंस्थाहरुले बुटवलमा दबाबमुलक रयालि निकालेका छन् । नेपाल पत्रकार महासंघ रुपन्देही, मानव अधिकार तथा शान्ति समाज रुपन्देही, चादनी नेपाल रुपन्देही, सामाजिक परिवर्तन केन्द्र र सेतो गुरास रुपन्देहीको संयुक्त आयोजनामा विहिबार बुटवलमा सचेतनामुलक रयाली निकालेको हो । नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार केन्द्र बुटवलबाट…