बुटवल । विगत ३ दिनदेखी बाक्लो हुस्सु र शितलहरबाट प्रभावित बनेको बुटवल र यस आसपासका क्षेत्रहरुमा मंगलबार भने घाम झुल्केको छ । चिसोले कठाँग्रिएको बुटवलमा आज झुल्केको घामले राहत दिएको स्थानीयले बताएका छन् । हिउँदे वर्षासंगै जाडो बढेपछि बुटवल सहित तराइको जनजिवन प्रभावित बनेको थियो । जाडोका कारण ज्यालादारी मजदुर, स्कुल जाने बालबलििका, नवजात शिशु,…