१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

आश्रम निर्माणमा जुट्यो दुई करोड ६६ लाख

बागलुङ । मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि आयोजना गरिएको श्रीमद् भागवत ज्ञान विज्ञान महायज्ञमा अहिलेसम्म रु दुई करोड ६६ लाख सङ्कलन भएको छ । कात्तिक २१ गतेबाट बागलुङ नगरपालिका–४ स्थित आश्रम निर्माणमा महायज्ञ सञ्चालन भइरहेको छ । महायज्ञमा मङ्गलबार मात्रै रु एक करोड एक लाख सङ्कलन भएको कोषाध्यक्ष सरिता गौतमले जानकारी दिइन्…