बुटवल । श्री नेवा: सेवा समिति बुटवलले मृगौला पीडितहरूलाई खाद्यान्न सहयोग गरेको छ । समितिले शनिबार बुटवल-११ माझगाउँस्थित कार्यालयमा आयोजित कार्यक्रममा करिब एक लाख १५ हजार रुपैयाँ बराबरको चामल, दाल, चिउरा लगायतका खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि गौतम बुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले मृगौला सम्बन्धी समस्या नेपाल मात्र नभई…