२७ भदौ २०८३, शनिबार | September 12, 2026

नेपाली महावाणिज्य दूतावासको सेवा प्रभावकारिताबारे छलफल

काठमाडौं । दुबईस्थित नेपालको महावाणिज्य दूतावासले सेवा सञ्चालनको एक वर्ष पूरा हुन लागेका अवसरमा युएईस्थित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए), नेपाली समाजलगायत विभिन्न नेपाली सङ्घसंस्थाका प्रतिनिधिसँग शुक्रबार छलफल गरेको छ । कार्यक्रममा महावाणिज्यदूतावासको सेवा प्रवाह, राहदानी तथा कन्सुलर सेवा, श्रमिकको हित संरक्षण, आपत्कालीन सहायता तथा नेपाली समुदायसँग सम्बन्धित विविध विषयमा सुझाव आदानप्रदान भएको महावाणिज्यदूतावासले जनाएको छ…