काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा आज देशका विभिन्न जिल्लामा वर्षा भएको छ । खोटाङ र उदयपुरमा १२ घण्टामा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागमा अहिले राति ९ः३० बजेको अभिलेखअनुसार पछिल्लो १२ घण्टामा खोटाङको भैँसे लामीडाँडा स्टेशनमा ७५.२ मिलीमिटर र उदयपुरको गढीमा ४९.६ मिलीमिटर वर्षा भएको छ…