बुटवल । राष्ट्रिय अपाङ्ग महासंघ नेपालको १० औँ महाधिवेशन बुटवल घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । चैत २७ र २८ गते सम्पन्न महाधिवेशनले देविदत्त आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । महाधिवेशनले महासंघलाई गैर-राजनीतिक चरित्रमा लैजान विधान संशोधन गर्ने निर्णय गरेको छ । आगामी साधारणसभाबाट राजनीतिक दलका सक्रिय सदस्य वा दलनिकट व्यक्तिहरूलाई नेतृत्व…