बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बुटवल र सैनामैनाका विभिन्न दल परित्याग गरेका साढे ३ सयभन्दा बढी कार्यकर्तालाई एमालेमा प्रवेश गराएका छन् । शुक्रबार बिहान बुटवल उपमहानगरपालिका-१२ र १३ बाट तथा दिउँसो सैनामैनाका विभिन्न वडाबाट उनीहरूलाई पार्टीमा प्रवेश गराइएको एमाले रुपन्देहीका जिल्ला उपसचिव बाबुराम पन्थीले जानकारी दिए । सैनामैना क्षेत्रबाट मात्रै करिब ३ सय…