काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सबै नेपालीले कोरोनाको खोप नि:शुल्क रुपमा पाउने बताएका छन । नेपाल आर्थिक पत्रकार संघ नाफिजका नवनिर्वाचित कार्यसमितिलाई अर्थ मन्त्रालयमा स्वागत गर्दै उनले यस्तो बताएका हुन् । उनले पत्रकारहरुसँग कुरा गर्दै भने, “राज्यले सबै नागरिकलाई निशुल्क खोप लगाइदिन्छ । खोप आयातका लागि हाल सफल भएका र अध्ययन भइरहेका मुलुकमा कूटनीतिक रुपमा…