चितवन । चितवन राष्ट्रिय निकुञ्जमा चार वटा गैँडा मारेको अभियोगमा पक्राउ परेका राजमान मगर भनिने राजमान थापा मगर कारागार चलान भएका छन् । चालु आर्थिक वर्ष २०७७/७८ मा निकुञ्जमा चोरी शिकारीका कारण मरेका चार वटा गैँडा मुद्दाका फरार प्रतिवादीलाई आइतबार जेल चलान गरिएको हो । नवलपरासी ९बर्दघाट-सुस्तापूर्व९को गैँडाकोट नगरपालिका-३ का ३० वर्षीय मगरलाई आइतबार पुर्पक्षका…