तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले बालविवाह गराउन खोज्ने पाँच जनालाई पक्राउ गरेको छ । तनहुँको व्यास नगरपालिका–११ मा उमेर नपुगेकी १४ वर्षीय बालिकासँग विवाह गर्ने बेहुलासहित पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बेहुला गोरखा शहीद लखन गाउँपालिका–२ बस्ने २३ वर्षीय सन्तोष अर्याल, बेहुलाका बाबु, बेहुलीकी बाबु, आमा र विवाह गराउने…