चितवन । चितवन क्रिकेट संघको आयोजनामा आज (मंगलबार)देखि १७औं संस्करणको ‘प्रेम मार्केट चितवन च्याम्पियनसिप ट्रफी–२०७७’ सुरु भएको छ । धुर्मुस–सुन्तली फाउण्डेशनको अगुवाईमा रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना खेल मैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको बागमती प्रदेश ट्राफिक प्रहरीका कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बलिङ र फाण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुमुर्स’ले…