काठमाडौं । हाल नेपालको मौसममा पश्चिमी न्यून चापीय रेखाको आंशिक प्रभाव कायमै रहेको छ । हाल देशका पहाडी भू-भागको मौसममा आशिंक बदली रहेको छ । त्यस्तै देशका बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहेको छ । तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको अवस्था छ । आज विहान काठमाडौंको न्युनतम तापक्रम ५ डिग्री सेल्सियस रहेको छ…