काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट सुरु हुने बताएका छन् । पच्चीस सय सत्तरीऔँ बुद्ध जयन्तीका सुअवसरमा सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले दिएको प्रज्ञामय शुभकामनामा उनले त्यो ‘ज्ञ’ ज्ञान भएको स्पष्ट गरेका छन् । उनले लेखेका छन्– 'हाम्रो यात्रा त्यस्तै ज्ञानको उज्यालोको खोजमा हुनुपर्छ, समस्या निवारणको मार्गमा हुनुपर्छ। शान्तिका सर्वकालीन महान् प्रवर्तक…