२० मंसिर २०८२, शनिबार | December 6, 2025

अस्पतालजन्य फोहर व्यवस्थापनमा लापरबाही, विषाक्त केमिकल २० वर्षदेखि सीधै खोलामा फाल्दै नेपालगञ्ज मेडिकल कलेज

बाँके । ‘गर्मी मौसममा हामी डुडुवा खोलामा नुहाउन जान्थ्यौं । अहिले त खोलाको पानी खुट्टामा प¥र्यो कि चिलाउँछ । खटिरा आउँछ । बालबालिकालाई त खोलामा नुहाउन बन्देज नै लगाएका छौं’, कोहलपुर नगरपालिका—१० चटारका कनिया थारु गुनासो गर्छन्, ‘गाईभैसीले खोलाको पानी खाँदा सधंै बिरामी हुन्छन् । दूध दिने गाईभैंसीलाई थुन पाक्ने समस्या हुन्छ । नगरपालिकाको पशु…