विराटनगर । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङले पदबाट औपचारिक रूपमा राजीनामा दिएका छन् । सुनसरी क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका साम्पाङले आइतबार बसेको उपमहानगरपालिकाको कार्यपालिका बैठकमार्फत उपप्रमुख अईन्द्रविक्रम बेघालाई राजीनामा पत्र बुझाएका हुन् । श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङले स्थानीय तहको नेतृत्व सम्हालेदेखि नै श्रम, पारदर्शिता र आत्मनिर्भरतामा जोड दिँदै…