काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडकखण्डमा पर्ने नारायणी नदीको पुल आज (शुक्रबार) र भोलि (शनिबार) राति सवारी आवागमनका लागि बन्द हुने भएको छ । नारायणगढ-बुटवल सडक आयोजनाले जारी गरेको सूचनामा चितवन र नवलपरासी (बर्दघाट-सुस्ता पूर्व) जोड्ने नारायणी पुलको गैँडाकोटतर्फको लेनमा कालोपत्रे (ब्ल्याकटप) कार्य गर्नुपर्ने भएकाले रातिको समयमा यातायात बन्द गर्न लागिएको उल्लेख छ । आयोजनाका…