काठमाडौं । नेपाली क्रिकेटका अनुभवी प्रशिक्षक तथा पूर्व राष्ट्रिय खेलाडी जगत टमाटा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यमा नियुक्त भएका छन् । खेलकुद क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका टमाटालाई सरकारको निर्णयअनुसार राखेपको सदस्यमा मनोनयन गरिएको हो । टमाटा हाल नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सका मुख्य प्रशिक्षकका रूपमा कार्यरत छन् । उनको प्रशिक्षणमा…