बुटवल । केही दिनदेखि अवरुद्ध रहेको फोहोर व्यवस्थापन कार्य बुटवलमा पुनः सुरु गरिएको छ । स्थानीयको अवरोधका कारण रोकिएको फोहोर संकलन आइतबार बिहान जनप्रतिनिधिसहितको टोलीले स्थानीयसँग छलफल गरी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएपछि पुनः सञ्चालनमा आएको हो । बिहान करिब ८ बजेदेखि एकैसाथ करिब २५ वटा फोहोर बोक्ने गाडी सिरान गाउँ मजुवा पुगेका थिए ।…