बुटवल । कोरोना महामारीका कारण रोजगारी गुमाएर स्वदेश फर्किएका लुम्बिनी प्रदेशका ६ सय ‘रिटर्निङ माइग्रेट’ रोजगारमूलक सीप सिकेर दक्ष बन्दैछन । सरकारले दातृ संस्थासँग सहकार्य गरी लुम्बिनी प्रदेशका ६ सय र मधेश प्रदेशका ९ सय गरी १ हजार ५ सय विदेशबाट फर्किएका युवालाई कृषि, निर्माण र पर्यटनसँग सम्बन्धित सीप प्रदान गरी उद्यममा जोडन लागेको हो…