बुटवल । नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश समिति अध्यक्षमा सुदर्शन बराललाई ल्याउने सहमति भएको छ । सम्मेलन सकिएको चार दिनपछि बिहीबार दिउँसो बराललाई अध्यक्ष बनाउन सर्वसम्मत सहमति जुटेको माओवादी प्रदेश कमिटी सदस्य बुद्धि जिसीले जानकारी दिए । अध्यक्षमा सहमति भए पनि अन्य पदहरुको भने टुंगो लगाइएको छैन । पदाधिकारीका आकांक्षी धेरै भएकाले पार्टीको केन्द्रीय सम्मेलनपछि…