काठमाडौँ । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन भइरहेको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिमअन्तर्गत आज ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक एक दिवसीय उच्चस्तरीय सेमिनार सम्पन्न भएको छ । सेमिनारमा राष्ट्रिय सुरक्षा र विकासका लागि आधुनिकता र मौलिकताबीचको सन्तुलन गर्ने सम्बन्धमा दुई चरणमा विषय विज्ञहरूबाट प्रस्तुतीकरण तथा छलफल…