भक्तपुर । गुरुहरुका गुरुका रुपमा देश विदेशसम्म शिक्षक, शिक्षा, र समग्र शिक्षा प्रणालीको ज्योति फैलाउन प्रतिवद्ध भएको भन्दै भक्तपुरका शिक्षाविद् प्राध्यापक पृथ्युचरण वैद्यलाई सम्मान गरिएको छ । नेपालको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुरयाएका भक्तपुरका शिक्षाविद् प्राध्यापक बैद्यलाई घरमै पुगेर सम्मान गरिएको छ । नेपाल शिक्षाशाश्त्री समाजले बैद्यको घर भक्तपुर पुगेर सम्मानपत्र वितरण गरेका हुन् । पोखरा विश्वविद्यालयका…