एजेन्सी । सरकारहरु प्रभावकारी प्रयास गर्न सफल भएमा कोरोना भाइरसको विश्वव्यापी महामारी थप खराब र भयावह बन्दै जाने विश्व स्वाथ्य संगठन (डब्लुएचओ) ले चेतावनी दिएको छ । डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले भनेका छन्, ‘धेरै देशहरु खराब दिशामा गइरहेका छन् ।’ संक्रमण रोक्न वा नियन्त्रणमा लिन प्रभावकारी हुने भनेर प्रमाणित भएका उपायहरु बेवास्ता गरिएका…