जाजरकोट : केही वर्ष अघिसम्म सामान्य कामका लागि पैसा आवश्यक परे श्रीमान्सँग हात थाप्नु पर्ने बाध्यतामा रहेकी भेरी नगरपालिका–११ मटेलाकी कालुदेवी पुनलाई हिजोआज दुई/चार हजारका लागि कसैसँग हात थाप्नु पर्दैन। ‘पाँच, दश रुपैयाँ चाहियो भने पनि श्रीमान्सँग माग्नु पथ्र्यो। मैले व्यावसायिक रूपमा तरकारीखेती गर्न थालेपछि उल्टै श्रीमानलाई पैसा दिने गरेकी छु। छोराछोरीलाई प्राविधिक शिक्षा पढाएकी छु’,…