काठमाडौं । नवनियुक्त १६ मन्त्री र दुई राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार साँझ राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । संविधानको धारा ८० बमोजिम मन्त्रीहरुलाई सपथग्रहण गराएको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले आजै…