काठमाडौं । नेपाली कांग्रेसले संसद विघटन विरुद्ध कानूनी र राजनीतिक लडाईं लड्ने निर्णय गरेको छ । शनिबार बिहान बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको संयुक्र बैठकले राष्ट्रपतिले फेरि एकपटक अलोकतान्त्रिक र असंवैधानिक कार्य गरेको ठहर गर्दै त्यस विरुद्ध कानूनी र राजनीतिक लडाईं लड्ने निर्णय गरेको हो । कांग्रेसले मध्यरातमा राष्ट्रपतिले षड्यन्त्रपूर्वक संसद विघटन गरेको निस्कर्ष निकाल्दै…