११ फाल्गुन २०८२, सोमबार | February 24, 2026

नारायणकाजीको मोदीलाई सुझाव, – ‘पशुपति र मुक्तिनाथको कसमखाँदै भन, – म नेपालको एक इन्च भूमि पनि कब्जा गर्दिन’



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता एवं राष्ट्रिय सभाका सांसद नारायणकाजी श्रेष्ठले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालको भूमि अतिक्रमण नगर्ने वाचा गर्न आग्रह गर्नुभएको छ ।

राष्ट्रिय सभाको मंगलबारको बैठकमा बोल्दै प्रवक्ता श्रेष्ठले पशुपति र मुक्तिनाथका भक्त मोदीलाई नेपाली भूमि अतिक्रमण नगर्ने वाचा गर्न सुझाव दिनुभएको हो ।

श्रेष्ठले मोदीलाई पशुपतिनाथ, मुक्तिनाथको आराधाना गरी शक्ति लिन आग्रह समेत गर्नुभयो । श्रेष्ठले भन्नुभयो, ‘पशुपतिनाथ, मुक्तिनाथबाट शक्ति र आशीर्वाद लिएर मोदीले तपोभूमि नेपालको एक इन्च पनि भूमि लिन हुँदैन ।’

नेपाल तपोभूमि, पवित्रभूमि रहेको उल्लेख गर्दै श्रेष्ठले पशुपति, मुक्तिनाथको आराधाना गरी कब्जा गर्ने प्रवृत्ति सच्याउन भारतीय प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।

अर्काको देशको भूमि अतिक्रमण गर्ने प्रवृत्ति सच्चाएर सत्यका पक्षमा उभिन उहाँले मोदीलाई सुझाव दिनुभयो । यसो गरेमा मात्र मोदीले नेपालबाट बधाइ पाउने र नेपाल भारत सम्बन्ध थप उचाईमा पुग्ने प्रवक्ता श्रेष्ठको भनाइ छ ।

नेपालले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा भारतसँग वार्ता गरेर अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउन छिटो पहल गर्नुपर्ने उहाँको धारणा थियो ।

प्रवक्ता श्रेष्ठले भारतसँग अहिलेसम्म भएका सबै असमान सन्धिसम्झौता खारेज गर्न माग गर्नुभयो । श्रेष्ठले विगतमा भएका सन्धि सम्झौतालाई पारस्परिक र समानतामा आधारित बनाउनु पर्ने बताउनुभयो ।

भारतले इपीजी प्रतिवेदनलाई छिटो भन्दा छिटो बुझेर सन् १९५० को सन्धिलाई पुनरावलोकन गर्न सहमत हुनुपर्ने उहाँले जिकिर गर्नुभयो ।

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलबार  १२ : ५४ बजे

बाँकेमा ३३ जना उम्मेदवारले मात्रै खोले बैङ्क खाता, १५ जनाले गरे बेवास्ता

नेपालगन्ज । निर्वाचन खर्च प्रयोजनका लागि बाँकेमा ३३ जना उम्मेदवारले

लुम्बिनी प्रदेशमा मानवअधिकार उल्लंघनमा रुपन्देही पहिलो स्थानमा

नेपालगन्ज । राज्यपक्षबाटै मानवअधिकारको रक्षामा उदासिनता देखाएको सरोकारवालाहरुले बताएका छन्

डिजिटल प्रविधिको दुरुपयोग रोक्न प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना

काठमाडौँ । डिजिटल प्रविधिको दुरुपयोगबाट सिर्जित चुनौतीलाई सामना गर्न नेपाल

स्वास्थ्यकर्मीलाई निर्वाचनमा नखटाउन आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २१ मा

पश्चिम नवलपरासीमा रास्वपा त्याग्ने क्रम बढ्दो, सुस्ता गाउँपालिकाका सचिव पन्थले पनि छाडे

रुपन्देही । पश्चिम नवलपरासीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने