१२ असार २०८३, शुक्रबार | June 27, 2026

लिस्बन च्याम्पियन्स लिगका बाँकी खेलहरु सुरुगर्न तयार



काठमाडौं । युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले कोरोना भाइरसको महामारीका कारण रोकिएको च्याम्पियन्स लिग अन्तर्गतका बाँकी खेलहरु सुरु गर्ने अनुमति दिए त्यसका लागि लिस्बन तयार रहेको देखिएको छ ।

लिस्बनले ८ टिमको नकआउटका लागि आफू तयार रहेको जनाएको हो । आउँदो अगस्तमा खेल गर्नका लागि तयार रहेको लिस्बनले बताएको हो ।

सामान्य अवस्थामा मे ३० मा स्थानबुलमा यो सिजनको च्याम्पियन्स लिग फुटबलको फाइनल हुने तय थियो । तर महामारीका कारण खेल रोकिएपछि त्यो सम्भाव भएन । युइएफएले अब बाँकी खेलहरु सुरु भएको अवस्थामा स्थानबुलको विकल्प खोजेको छ ।

यस्तै युरोपा लिगको फाइनल सामान्य अवस्थामा पोल्याण्डको ग्डान्स्कमा हुने तय थियो तर अब जर्मनीमा हुन सक्ने भएको । युइएफएको कार्यकारी समितिले जुन १७ मा यसबारे निर्णय गर्ने छ ।

च्याम्पियन्स लिगका बाँकी खेलहरु सुरु गर्नका लागि क्वाटरफाइनल, सेमिफाइनल तथा फाइनल खेल एकै ठाउँमा गर्ने विकल्पटमा छलफल भइरहेको छ । लिस्बनले त्यसका लागि आफू तयार रहेको बताएको हो ।

च्याम्पियन्स लिगको फाइनल आउँदो अगस्ट २३ तथा युरोपका लिगको फाइनल अगस्ट २१ मा गर्ने गरी तयारी भइरहेको छ ।

पोर्चुगिज प्रिमियरा लिग क्लब लिस्बनसँग दुईवटा रंगशाला छन् । प्रिमियरा लिग जुन ३ देखि पुनः सुरु भएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  ६ : ०६ बजे

एक हात गुमाएकी जमुना जलजलाकी सर्वोत्कृष्ट उद्यमी

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–४

नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ

झापा । झापामा नवजात शिशुको हत्या तथा आफ्नै छोरीमाथि हाडनाता

रास्वपा महाधिवेशन : पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले लिए शपथ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट महिला उपसभापतिमा

बुटवलमा ‘मेट्रो आई केयर लुम्बिनी’ सञ्चालनमा, आधुनिक प्रविधिबाट आँखा उपचार सेवा सुरु

बुटवल । आधुनिक प्रविधिबाट आँखा सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्ने

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३