४ आश्विन २०८०, बिहिबार | September 21, 2023

नेपालमा २८४ जना सुरक्षाकर्मी कोरोना संक्रमित, २३० जना डिस्चार्ज



काठमाडौं । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीतर्फका गरी २ सय ८४ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएको छ ।

सरकारले स्वास्थ्यकर्मीपछि सुरक्षा अंगलाई कोरोना संक्रमणको जोखिम न्यूनीकरण तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटाएकामा सुरक्षाकर्मीतर्फ हालसम्म २ सय ८४ जनामा संक्रमण देखिएको हो ।

जसअनुसार तीनवटै सुरक्षा अंगका गरी हालसम्म २ सय ३० जना सुरक्षाकर्मी उपचारपछि निको भएर नियमित काममा फर्किसकेका छन् । नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषवल्लभ पौड्यालले नेपाली सेनातर्फ ७९ जनामा संक्रमण देखिएकामा आइतबारसम्म ७० जना उपचारपछि निको भएर नियमित काममा फर्किसकेको जानकारी दिए ।

उनका अनुसार नेपाली सेनातर्फ ९ जना भने उपचारकै क्रममा छन् । उनीहरूमध्ये एक जनाको सैनिक अस्पताल र बाँकीको सशस्त्र प्रहरी अस्पतालमा उपचार भइरहेको छ । ‘७९ जनामा संक्रमण देखिएकामा ७० जना उपचारपछि ड्युटीमा फर्किसकेका छन् । बाँकी ९ जनामध्ये एक जनाको सैनिक अस्पताल र बाँकीको सशस्त्र प्रहरी अस्पतालमा उपचार भइरहेको छ,’ सैनिक प्रवक्ता पौड्यालले राजधानीसँग भने यसैगरी, नेपाल प्रहरीतर्फ १ सय १९ जनामा संक्रमण देखिएकामा ९५ जना उपचारपछि नियमित ड्युटीमा फर्किएका छन् ।

प्रहरी प्रवक्ता डिआइजी निरजबहादुर शाहीका अनुसार आइतबार मात्रै प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत चार जना प्रहरीमा संक्रमण देखिएको हो । उनीहरूलाई उपचारका लागि अस्पताल पठाइसकिएको र उनीहरूसँग सम्पर्कमा आएकाहरूको समेत परीक्षणको तयारी भएको शाहीले जानकारी दिएका छन् । नेपाल प्रहरीतर्फ २४ जना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको शाहीले जनाए ।

स्रोतका अनुसार आइतबार संक्रमण देखिएका प्रहरीहरू प्रधान कार्यालको सवारी शाखामा कार्यरत रहेको बुझिएको छ । यसैगरी, सशस्त्र प्रहरी बलतर्फ हलसम्म ८६ जनामा संक्रमण पुष्टि भएकामा ६५ जना उपचारपछि काममा फर्किएका छन् । सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी राजु अर्यालका अनुसार ६५ जना उपचारपछि निको भएर काममा फर्किएका छन् भने २१ जना उपचारकै क्रममा छन् । त्यसमध्ये २० जनाको मोरङ स्थित कोभिड अस्पताल र एक जनाको बलम्बुस्थित आफ्नै अस्पतालमा उपचार भइरहेको छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ६ : ५५ बजे

चितवनका ‘पुष्पा र अञ्जली’लाई कोशी पठाइँदै

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुई वटा गैँडा पुष्पा

नेकपा एकीकृत समाजवादीको बैठक स्थगित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को ६७ औँ सचिवालय बैठक

कागेश्वरी मेलाको तयारी पूरा

काठमाडौं । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको ऐतिहासिक, धार्मिक र

नौबस्ता औद्योगिक क्षेत्र सञ्चालन गर्न माग

नेपालगन्ज । बाँकेको वैजनाथ गाउँपालिकास्थित नौबस्ता औद्योगिक क्षेत्र अविलम्ब सञ्चालन

असफल योजनाको पहिचान गरी पूर्णता दिन्छौँ : मुख्यमन्त्री पाण्डे

म्याग्दी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बजेट अभाब र