१३ श्रावण २०८३, बुधबार | July 30, 2026

नेपालमा २८४ जना सुरक्षाकर्मी कोरोना संक्रमित, २३० जना डिस्चार्ज



काठमाडौं । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीतर्फका गरी २ सय ८४ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएको छ ।

सरकारले स्वास्थ्यकर्मीपछि सुरक्षा अंगलाई कोरोना संक्रमणको जोखिम न्यूनीकरण तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटाएकामा सुरक्षाकर्मीतर्फ हालसम्म २ सय ८४ जनामा संक्रमण देखिएको हो ।

जसअनुसार तीनवटै सुरक्षा अंगका गरी हालसम्म २ सय ३० जना सुरक्षाकर्मी उपचारपछि निको भएर नियमित काममा फर्किसकेका छन् । नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषवल्लभ पौड्यालले नेपाली सेनातर्फ ७९ जनामा संक्रमण देखिएकामा आइतबारसम्म ७० जना उपचारपछि निको भएर नियमित काममा फर्किसकेको जानकारी दिए ।

उनका अनुसार नेपाली सेनातर्फ ९ जना भने उपचारकै क्रममा छन् । उनीहरूमध्ये एक जनाको सैनिक अस्पताल र बाँकीको सशस्त्र प्रहरी अस्पतालमा उपचार भइरहेको छ । ‘७९ जनामा संक्रमण देखिएकामा ७० जना उपचारपछि ड्युटीमा फर्किसकेका छन् । बाँकी ९ जनामध्ये एक जनाको सैनिक अस्पताल र बाँकीको सशस्त्र प्रहरी अस्पतालमा उपचार भइरहेको छ,’ सैनिक प्रवक्ता पौड्यालले राजधानीसँग भने यसैगरी, नेपाल प्रहरीतर्फ १ सय १९ जनामा संक्रमण देखिएकामा ९५ जना उपचारपछि नियमित ड्युटीमा फर्किएका छन् ।

प्रहरी प्रवक्ता डिआइजी निरजबहादुर शाहीका अनुसार आइतबार मात्रै प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत चार जना प्रहरीमा संक्रमण देखिएको हो । उनीहरूलाई उपचारका लागि अस्पताल पठाइसकिएको र उनीहरूसँग सम्पर्कमा आएकाहरूको समेत परीक्षणको तयारी भएको शाहीले जानकारी दिएका छन् । नेपाल प्रहरीतर्फ २४ जना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको शाहीले जनाए ।

स्रोतका अनुसार आइतबार संक्रमण देखिएका प्रहरीहरू प्रधान कार्यालको सवारी शाखामा कार्यरत रहेको बुझिएको छ । यसैगरी, सशस्त्र प्रहरी बलतर्फ हलसम्म ८६ जनामा संक्रमण पुष्टि भएकामा ६५ जना उपचारपछि काममा फर्किएका छन् । सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी राजु अर्यालका अनुसार ६५ जना उपचारपछि निको भएर काममा फर्किएका छन् भने २१ जना उपचारकै क्रममा छन् । त्यसमध्ये २० जनाको मोरङ स्थित कोभिड अस्पताल र एक जनाको बलम्बुस्थित आफ्नै अस्पतालमा उपचार भइरहेको छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ६ : ५५ बजे

सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता

काठमाडौँ । सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र

प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा वालेन्द्र शाह

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौँ । सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ