२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

रुपन्देहीमा ६६७ संक्रमण पुष्टि हुँदा बुटवल उपमहानगरमा १६५ जनामा संक्रमण



बुटवल । लगातार रुपन्देहीमा कोरोना संक्रमणको ग्राफ बढीरहेका बेला बुटवल उपमहानगरपालिका भित्र मात्र १६५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बुटवलमा १६५ जनामा संक्रमण पुष्टि हुँदा जम्मा ३४ जना मात्र कोरोना मुक्त भएर घर फर्केका छन् । पछिल्लो तथ्यांक अनुसार बुटवलमा उपमहानगरको रेकर्डमा ५ जना नयाँ संक्रमित थपिएको उल्लेख गरिएको छ भने जिल्ला स्वास्थ्य कार्यालयले ८ जना नयाँ संक्रमित थपिएको जानकारी दिएको छ ।

बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखाका फोकल पर्सन कुन्दन कुमार सिंहका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट बुटवल उपमहानगरपालिकाको वडा नं १ मा ३ जना, ४ मा १ जना र ११ मा १ जनामा संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ भने स्वास्थ्य कार्यालय रुपन्देहीले नेशनल प्याथ ल्याबको ३ जना सहित ८ जना संक्रमित थपिएको बताएको छ ।

उपमहानगरका कोरोना फोकलपर्शन कुन्दन कुमार सिंहका अनुसार उपमहानगरको एँफा आईसोलेसनमा ४१ जनाको उपचार भईरहेको छ भने ८८ जना होम आईसोलेसनमा बसेका छन् ।

बुटवलका होटलमा बसेका र प्रादेशिक अस्पतालको कोरोना बिशेष अस्पतालमा उपचार गराईरहेका संक्रमितको बिवरण भने उपमहानगरले उल्लेख गरेको छैन ।

बुटवलमा १३५ जना सक्रिय संक्रमित रहेको उपमहानगरको स्वास्थ्य शाखाले जनाएको छ । उपमहागरका अनुसार बुटवलमा १० वर्ष मुनीका ५ जना, १८ वर्ष सम्मका १४ जना, ४९ वर्षसम्मका ११८ जना तथा ५० वर्ष माथिका ३८ जनामा संक्रमण पुष्टि भएको छ ।

रुपन्देहीमा सोमबार सम्ममा ६६७ जनामा संक्रमण पुष्टि भएको छ । रुपन्देहीमा ३४५ जना कोरोना मुक्त भएर घर फर्केका छन् ।

प्रकाशित मिति : ८ भदौ २०७७, सोमबार  ९ : ५५ बजे

जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सरकार र जेनजी प्रतिनिधिबीच

एनपीएल फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले १३५ रनको चुनौती

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा फाइनल

सोलुमा हिउँले ढाकेका भाग घट्दै

सोलुखुम्बु । दशकौँदेखि यहाँ हिमाल, चिसो बतास र आकाश छोएर

टस जितेर बलिङ गर्दै विराटनगर

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरअन्तर्गत

सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छु : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले का अध्यक्ष केपी शर्मा