२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

कोरोना संक्रमितलाई होम आइसोलेशनमै पुगेर हौसला दिँदै जनप्रतिनिधि



लुम्बिनी । कोरोना भाइरसबाट सङक्रमितलाइ स्थानीय सरकारका प्रतिनिधिहरु होम आइसोलेशनमै पुगेर उर्जा दिने काम गर्न थालेका छन् ।

होम आइसोलेशनमा बसेका कोरोना सङक्रमितलाइ छिमेकीले हेलबको भावले हेर्ने गरेको तथा सङक्रमित भएको भन्दै भेदभाव गर्न थालेपछि स्थानीय सरकारका प्रतिनिधीहरु सङक्रमित बसेकै स्थानमा पुगेर उत्साहित गराउन थालेका हुन् ।

सिद्धार्थनगरका उपप्रमुख उमा काफ्लेले भैरहवामा होम आइशोलेशनमा बसेका हरुलाई भेट गरी स्वास्थ्य सामाग्री प्रदान गर्दै हौँसला दिएकी छिन ।

“स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुहोला, तपाईँहरु छिट्टै कोरोनालाइ जितेर आउनुहुनेछ”, उपप्रमुख काफ्लेले भनिन । नगरउपप्रमुखको नेतृत्वमा सिद्धार्थनगरमा रहेका एक सय १४ जना पिसीआर पोजिटिभ भई आइसोलेशन बसेकाहरुलाई भेट गरी स्वास्थ्य सामग्री प्रदान गर्नुका साथै स्वास्थ्य मापदण्ड अपनाउन लगाउने तथा मनोबल उच्च गराई आइसोलेशन भित्रै व्यायाम गर्न एवम खानपान मिलाउन सुझाव दिइएको सिनपा ८ का वडा सदस्य उमेश थापामगरले बताए ।

यसैगरी शुद्धोधन गाउँपालिकाका प्रवक्ता समेत रहेका वडा नम्बर ४ का अध्यक्ष राजेन्द्र कडेंलको नेतृत्वमा सङक्रमितलाइ घरमै भेटेर आर्युवेदिक औषधि प्रदान गरिएको छ ।

गाउँपालिकामा चार होम आइसोलेशनमा, दुई स्वास्थ्य संस्थाको आइसोलेशनमा र दुई जना क्वारेन्टिनमा रहेका छन् । तिलोत्तमा नगरपालिकाका प्रतिनिधीले पनि आइसोलेशनमा बसेकालाई भेटेरै उत्साहित बनाउने गरेको छन् । नगरप्रमुख वासुदेव घिमिरेले जेठ देखिनै आइसोलेशनमा बसेकालाई भेट्ने, उत्साहित गर्ने र आर्युवेदिक औषधि प्रदान गर्ने काम भइरहेको बताए ।

बुटवल उपमहानगरपालिकामा होम आइसोलेशनमा रहेकाहरुलाई जनप्रतिनिधिले भेटेर मनोबल बढाउने काम प्रभावकारी बनेको छ । औषधि बोकेर स्वास्थ्य लाभको कामना गर्दै नगरका प्रमुख उपप्रमुख दैलोमा पुगेपछि सङक्रमित खुशी भएका छन् ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ९ : ४७ बजे

आठ दिनअघि कलङ्कीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्

काठमाडौं । आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया

यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा…..

काठमाडौं । गृह सचिव एकनारायण अर्यालले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित

राष्ट्रपतिका आर्थिक विज्ञ डा नेपालद्वारा स्पष्टोक्ति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा चिरञ्जीवी नेपालले

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s