२ पुस २०८२, बुधबार | December 17, 2025

कोरोना कहर : नयाँ संक्रमित र निको हुने उत्तिकै



काठमाडौं । बुधबार एक हजार १२० जनामा कोरोना भाइरसको नयाँ सङ्क्रमण देखिएको छ । देखिएका सङ्क्रमितको सङ्ख्याको तुलनामा निको भएकाभन्दा आठ जनाले बढी छ । एक हजार ११२ जना निको भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा ३२० महिला र ८०० जना पुरुषमा नयाँ सङ्क्रमण देखिएको जानकारी दिए । अहिलेसम्म नेपालमा ४१ हजार ६४९ जना कोभिड–१९ को सङ्क्रमण देखिएको छ । मङ्गलबार एक हजार ६९ जना सङ्क्रमित भएका थिए ।

मन्त्रालयका प्रवक्ता डा गौतमले विगत २४ घण्टामा एक हजार ११२ जना निको भएर घर फर्किएको जानकारी दिए । अहिलेसम्म २३ हजार २९० जना निको भएर घर फर्किएका छन् । निको ५६ प्रतिशत हो । मङ्गलबार ७६८ जना निको भएका थिए । प्रदेश–१ मा एक हजार ७८७ जना, प्रदेश नंं २ मा ६ हजार ३४, वाग्मती एक हजार ५६९, गण्डकी प्रदेशमा एक हजार ७०९, प्रदेश नंं ५ मा पाँच हजार ६६, कर्णाली प्रदेशमा दुई हजार १३७ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ९८८ जना रहेका छन् । उनले अहिलेसम्म १२ जिल्लामा ५०० भन्दा बढी सङ्क्रमित रहेको जानकारी दिए । मोरङ, सुनसरी, बारा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, काठमाडौं, ललितपुर र रुपन्देही रहेका छन् ।

सात जिल्ला सङ्क्रमण मुक्त

मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार पाँच जिल्ला सङ्क्रमण मुक्त भएका छन् । सोलुखुम्बु, मुस्ताग, भोजपुर, ताप्लेजुङ, डोल्पा, हुम्ला र मुगु रहेका छन् । यस्तै उहाँले सङ्क्रमित देखिएकामध्ये १४४ जना सघन कक्षमा र १८ जना भेन्टिलेटरमा उपचाररत रहेको जानकारी दिए ।

प्रदेश नंं १ मा सात, प्रदेश नंं २ मा ३०, वाग्मती प्रदेशमा ६१, गण्डकी प्रदेशमा ६ र प्रदेश नंं ५ मा २० जना सघन कक्षमा उपचाररत छन् भने प्रदेश नंं १ मा एक, वाग्मती प्रदेशमा १४ र प्रदेश नंं ५ मा ३ जना भेन्टिलेटरमा उपचाररत छन् । संस्थागत आइसोलेसनमा १० हजार ४९३ र होम आइसोसनमा ७ हजार ६१५ जना रहेका छन् । यस्तै सक्रिय सङ्क्रमित १८ हजार १०८ जना र क्यारन्टिनमा छ हजार ७६६ जना छन् ।

उपत्यकामा ३८८ नयाँ सङ्क्रमित

उपत्यकामा ३८८ जना सङ्क्रमित देखिएका छन् । मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार काठमाडौँमा ३५०, भक्तपुरमा नौ र ललितपुरमा २९ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

बाह्रको निधन

कोरोना भाइरसको कारणले एकै दिन १२ जनाको आज निधन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विगत २४ घण्टामा ६ महिला र ६ पुरुषको सङ्क्रमणको कारणले निधन भएको जानकारी दिए । मङ्गलबार ११ जना सङ्क्रमणबाट निधन भएका थिए ।

सङ्क्रमणबाट निधन हुनेमा चितवनका ५५ रु १८, काठमाडौंका ८९, ललितपुरका ७०, तनँहुका २० र कपिलवस्तुका ६० वर्षीया महिला रहेका छन् । यस्तै बाराका ९७, चितवनका ६५, भक्तपुरका ४०, काठमाडौंका ७० र ७५ र धादिङका ४७ वर्षीय पुरुष रहेका छन् ।

बुधबारसहित सङ्क्रमणको कारणले निधन हुनेको सङ्ख्या २५१ जना पुगेको छ । नेपालमा कोभिड–१९ को कारणले मृत्यु हुने सङ्क्रमितमध्ये ०.६ प्रतिशत हो । रासस

प्रकाशित मिति : १८ भदौ २०७७, बिहिबार  ६ : ०६ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन