२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

कोरोना मुक्त भएकोमा जब जनप्रतिनिधि र छिमेकीले पुष्पगुच्छाले स्वागत र सम्मान गरे



रुपन्देही । समुदाय स्तरमा कोरोना भाइरस सङ्क्रमण बढेसँगै कतिपय पालिकामा कोरोना सङ्क्रमितलाई छिमेकी र आफन्तले फरक व्यवहार गरिएका गुनासा आइरहेका बेला बुटवलमा होम आइसोलेशनमा बसेर निस्किएका परिवारलाई पुष्पच्छासहित टोलवासीले बधाई तथा शुभकामना दिएका छन् ।

बुटवल उपमहानगरपालिका–१३ झोलुङ्गेपुलको हरियाली पथ निवासी प्रेमनारायण पोखरेलको परिवारलाई उपमहानगर सदस्य विष्णुकुमारी शर्मा र टोल समितिका अध्यक्ष पिताम्बर भण्डारी सहित टोलवासीले आज पुष्प गुच्छा प्रदान गरी कोरोना जितेकोमा नगरकातर्फबाट बधाई तथा शुभकामना दिए ।

गत साउन २९ गते प्रेमनारायणका छोरा लेखनाथ र बुहारी विनितामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएसँगै उनीहरु घरमै आइसोलेशनमा बसेका थिए । आइसोलेशनमा रहँदा समेत टोलका अगुवा तथा छिमेकीहरुबाट राम्रो सहयोग पाएको र सबैले स्वास्थ्यलाभको काम गरेको भन्दै पोखरेलले सबैप्रति आभार व्यक्त गरे ।

उपमहानगर सदस्य शर्माले सामाजिक दूरि कायम गर्ने, मास्क लगाउने जस्ता सुरक्षाका विधि अबलम्बन गर्ने हो भने कोरोना सङ्क्रमणबाट बच्न सकिने भएकाले थप सर्तक रहन आग्रह गरे ।

“सर्तक रहँदा रहँदै पनि कोरोना लाग्न सक्छ तर लाग्यो भनेर छिमेकी र आफन्त नै टाढिने हो भने सङ्क्रमितको मनोबल खस्किन्छ । त्यसैले उहाँहरुलाई हौँसला बढाउन जरुरी छ”, उनले भने, “सङ्कमण हुँदा मात्रै होइन निको भइसकेपछि पनि समाजमा घुलमिल हुन गाहे नहोस् भन्नका लागि टोलको यो प्रयास पनि सहननीय छ ।” आइसोलेशनमा रहेका बेला उपमहानगरपालिकाका प्रमुख उपप्रमुखसहित जनप्रतिनिधि घरमै आएर स्वास्थ्य लाभको कामना गर्दा थप हौँसला मिलोको बताउँदै पोखरेल परिवारले उच्च मनोबलका साथ स्वास्थ्य लाभ गर्न सफल भएको अनुभव सुनाए ।

पछिल्लो समय बुटवलका विभिन्न वडामा कोरोना भाइरस सङ्क्रमण बढेसँगै हरियाली पथका दुई परिवारका सदस्यलाई कोरोना पुष्टि भएको थियो । पोखरेल परिवारले स्वास्थ्य लाभ गरे पनि अर्को परिवारका सदस्यहरु भने होम आइसोलेशनमै छन । टोलमा सङ्क्रमित भएका परिवारको दैलोमै पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिने काम निरन्तर भइरहेको टोल विकास समितका अध्यक्ष भण्डारीले बताए ।

टोलमा कोरोना सङ्क्रमण हुँदैमा कुनै पनि सदस्यले त्यस्ता परिवारका सदस्यप्रति हेयभाव नराखुन भन्ने उद्देश्यले सबैलाई सचेत बनाएको छ । “भोलि जोसुकैलाई पनि सङ्क्रमण हुनसक्छ, त्यसैले सबैले सबैलाई सहयोग, आदर र सम्मान गर्न जरुरी छ ।” स्थानीय जमुना सुवेदीले भने

प्रकाशित मिति : १८ भदौ २०७७, बिहिबार  ८ : ४५ बजे

वर्षासँगै घट्यो वायु प्रदूषण

काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण

चितवन राष्ट्रिय निकुञ्जमा पोखरी निर्माण र मर्मत सुरु

चितवन । चितवन राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्रभित्र पोखरी निर्माण र

जेनजी आन्दोलनका क्रममा फरार दुई पक्राउ

काठमाडौं । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा फरार रहेका दुई

बञ्चरेडाँडामा स्थानीयको अवरोध, काठमाडौंको फोहोर विर्सर्जन पुनः ठप्प

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा पुनः अवरोध आएको छ

प्रचण्डद्वारा ओलीका पिता मोहनप्रसादप्रति श्रद्धाञ्जली

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले