१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

रुपन्देहीमा कोरोना संक्रमितको संख्या १५०० नाघ्यो, शुक्रबार थपिए ८३ संक्रमित



बुटवल । केहिदिन शान्त जस्तै देखिएको रुपन्देहीमा कोरोनाको ग्राफ शुक्रबार एकाएक बढेको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार शुक्रबार जिल्लामा ८३ जना नयाँ संक्रमित थपिएका छन् ।

रुपन्देहीमा शुक्रबार ३३ महिला र ५० पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । बुटवल उपमहानगरमा मात्र ४६ जनामा संक्रमण पुष्टि भएको रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा २२ जना, तिलोत्तमा नगरपालिकामा ७ जना, मायादेबी गाँउपालिकामा २ जना तथा देवदह नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, सुद्धोदन गांउपालिका, कोटहिमाइ गाँउपालिर्का, कन्चन गांउपालिका र सैनामैना नगरपालिकामा १।१ जना नयाँ संक्रमित थपिएका छन् ।

शुक्रबार थपिएसँगै रुपन्देहीमा संक्रमितको संख्या १५०४ जना पुगेका छन् । जिल्लामा १४ जना को्रोना संक्रमितको मृत्यु भएको छ भने ६९७ जनाले बिभिन्न आइसोलेसनमा बसेर उपचार गराईरहेका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ४ : ३२ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम