२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

रुपन्देहीमा कोरोना संक्रमितको संख्या १५०० नाघ्यो, शुक्रबार थपिए ८३ संक्रमित



बुटवल । केहिदिन शान्त जस्तै देखिएको रुपन्देहीमा कोरोनाको ग्राफ शुक्रबार एकाएक बढेको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार शुक्रबार जिल्लामा ८३ जना नयाँ संक्रमित थपिएका छन् ।

रुपन्देहीमा शुक्रबार ३३ महिला र ५० पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । बुटवल उपमहानगरमा मात्र ४६ जनामा संक्रमण पुष्टि भएको रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा २२ जना, तिलोत्तमा नगरपालिकामा ७ जना, मायादेबी गाँउपालिकामा २ जना तथा देवदह नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, सुद्धोदन गांउपालिका, कोटहिमाइ गाँउपालिर्का, कन्चन गांउपालिका र सैनामैना नगरपालिकामा १।१ जना नयाँ संक्रमित थपिएका छन् ।

शुक्रबार थपिएसँगै रुपन्देहीमा संक्रमितको संख्या १५०४ जना पुगेका छन् । जिल्लामा १४ जना को्रोना संक्रमितको मृत्यु भएको छ भने ६९७ जनाले बिभिन्न आइसोलेसनमा बसेर उपचार गराईरहेका छन् ।

प्रकाशित मिति : २६ भदौ २०७७, शुक्रबार  ४ : ३२ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात