२० बैशाख २०८१, बिहिबार | May 2, 2024

बाँकेमा कोरोना मुक्त हुनेको अनुपात ७९ दशमलव ८७ प्रतिशत, बुधबार ७३ जना डिस्चार्ज



नेपालगन्ज । बाँकेमा कोरोना संक्रमित थपिने क्रमसँगै डिस्चार्ज हुने क्रम पनि जारी रहेको छ । बाँकेमा १६७४ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १३३७ जना कोरोना मुक्त भएर घर फर्केका छन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार बाँकेमा डिस्चार्ज हुनेको अनुपात ७९ दशमलव ८७ प्रतिशत रहेको छ ।

बुधबार पनि बाँकेमा ठूलो संख्यामा संक्रमितहरु डिस्चार्ज हुँदैछन् । कोरोना संक्रमित भएर जिल्लाका विभिन्न आइसोलेसन सेन्टरमा बस्दै आएका ७३ जना निको भएर डिस्चार्ज भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

जिल्लाका विभिन्न आइसोलेसन तथा होमआइसोलेसनमा अझैं ३ सय २६ जना संक्रमितको उपचार भईरहेको छ । जिल्लामा संक्रमितको संख्या १ हजार ६ सय ७४ पुग्दा ११ जना कोरोना संक्रमितको ज्यान गएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ९ : २४ बजे

टी-२० विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को को परे ?

काठमाडौं । नेपालले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका