१९ बैशाख २०८१, बुधबार | May 2, 2024

बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु



नेपालगञ्ज । बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ३ एकलैनी निवासी ५२ बर्षीय पुरुषको शुक्रवार विहान २:२५ बजे कोरोना संक्रमणको कारण मृत्यु भएको हो ।

फोक्सोमा निमोनिया हुनुको साथै उच्च रक्तचाप समेत देखिएको उनको नेपालगञ्ज मेडिकल कलेज शिक्षक अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

नेपालगन् उपमहानगरपलिका वार्ड नम्बर ३ एक्लैनीका ५२ वर्षिय पुरुषको मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि ती पुरुषको असोज ६ बिहान पीसीआर परीक्षण भएको थियो । सोही दिन उनलाई कोरोना पुष्टि भएपछि राती ११ बजे अस्पताल भर्ना गरिएको थियो । उपचारका सबै बिधि अपनाउंदा समेत स्वास्थ्यमा सुधार हुन नसकेको र गयराती २ः४५ बजे उनको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत  श्रेष्ठले बताए ।

यो सँगै बाँकेमा कोरोना संक्रमित १२ जनाको मृत्यु भएको छ । बाँकेमा उपचारका क्रममा बाँके बाहिरका ५ जनाको पनि ज्यान गईसकेके छ ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ७ : ४५ बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी