१ पुस २०८२, मंगलबार | December 16, 2025

नेपालगन्ज उपमहानगरमा ८१८ जनालाई कोरोना संक्रमण, उपमहानगर एक्लैले उछिन्यो सबै पालिकालाई



नेपालगन्ज । बाँकेमा बिगत ५ महिनामा कुल कोरोना संक्रमितको संख्या १७५० पुग्दा जिल्लाका सबै पालिकाहरुलाई नेपालगन्ज उप महानगरपालिकाले उछिनेको छ ।

स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार बैशाख देखि असोज ९ गते सम्ममा नेपालगन्ज उपमहानगरमा ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बाँकेमा नेपालगन्ज पछि सबैभन्दा बढि कोहलपुर नगरपालिकामा २२५ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरि कुनैबेला कोरोनाको हट स्पट बनेको नरैनापुरमा १२२ जना, खजुरा गाँउपालिकामा ११७ जना, राप्ती सोनारीमा ८४ जना, जानकी गाँउपालिकामा ६५ जना, बैजनाथ गाँउपालिकामा ५६ जना तथा डुडुवा गाँउपालिकामा ३४ जनामा संक्रमण पुष्टि भएको छ । बाँकेमा बसोबास गर्ने तर जिल्ला बाहिर ठेगाना लेखाएका २२७ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

बाँकेमा असोज ९ गते मध्यान्हसम्ममा १२ जना कोरोना संक्रमितको मृत्यु भईसकेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । बाँकेमा ३ वटा पीसीआर ल्यावबाट कोरोना परीक्षण गरिएको छ भने लक्षण सहितको कोरोना संक्रमितलाई भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा कोरोना संक्रमितहरुको उपचार गर्ने ब्यवस्था मिलाईएको छ । बाँकेमा समुदाय स्तरमा नेपालमै पहिलो सेल्फ पे गर्ने गरि होटलमा आइसोलेसनको अभ्यास गरिएको थियो ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ४ : ३० बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज