२९ फाल्गुन २०८२, शुक्रबार | March 14, 2026

धरान र विराटनगरमा थप दुई कोरोना संक्रमितको मृत्यु



धरान । धरान र विराटनगरमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मंगलबार बिहान मोरङको सुनबर्षी नगरपालिकाकी-७ की ६८ बर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

असोज १० गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएकी उनको आज बिहान ३ बजे निधन भएको प्रवक्ता डा. निदेश सापकोटाले बताए । उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रतिष्ठानले जनाएको छ । मृतकलाई नोबल मेडिकल कलेज विराटनगरले वीपीमा रिफर गरेको थियो ।

मृतकलाई असोज ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । मृतकलाई ज्वरो, खोकी, श्वासप्रश्वासमा कठिन भएर र कोभिड भएर वीपीमा रिफर गरिएको थियो ।

त्यसैगरी विराटनगरको कोशी अस्पतालको आइसोलेसनमा सुनसरीको दुहवी नगरपालिका–५ का ६० बर्षीय पुरुषको मृत्यु भएको छ ।

कोशी अस्पतालमा भर्ना गरिएको केही बेरमै उनको मृत्यु भएको अस्पतालका आइसोलेसन संयोजक डा लक्ष्मीनारायण यादवले जानकारी दिए । यादबका अनुसार ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएकोभन्दै पुरुषलाई सोमबार दिउँसो २ः४५ बजे अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

तत्काल आइसोलेसनमा राखेर उपचार थालिएका उनको दिउँसो ३ः०५ बजे मृत्यु भएको यादवले बताए । मृत्युपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा राति ८ बजेतिर रिपोर्ट पोजेटिभ आएको उनको भनाइ छ ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ९ : ०३ बजे

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको