१२ श्रावण २०८१, शनिबार | July 27, 2024

रुपन्देहीमा थपिए ६८ नयाँ संक्रमित, बुटवलका मात्रै ४५ जना



बुटवल । रुपन्देहीमा मंगलबार ६८ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीले मंगलबार साँझ जारी गरेको कोरोनाको दैनिक संक्रमित प्रतिवदेन अनुसार २० जना महिला र ४८ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

सबैभन्दा धेरै संक्रमित मंगलबार पनि बुटवल उपमहानगरपालिकामै थपिएका छन् ।

बुटवलमा १५ जना महिला र ३० जना पुरुषलाई गरी ४५ जनालाई संक्रमण देखिएको छ ।

यस्तै, सिद्धार्थनगर नगरपालिकामा १० जना पुरुषलाई संक्रमण देखिएको छ भने देवदह नगरपालिकामा १ जना पुरुष संक्रमित भएका छन् ।

तिलोत्तमा नगरपालिकामा ३ जना महिला र ४ जना पुरुष गरी ७ जनालाई संक्रमण देखिएको छ ।

यसैगरी लुम्बिनी सांस्कृतिक नगरपालिकामा १ जना महिला, सैनामैना नगरपालिकामा ३ जना पुरुष र सुद्धोधन गाउँपालिकामा १ जना महिला र १ जना पुरुषलाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

रुपन्देहीमा हालसम्म संक्रमितको संख्या २ हजार ५६४ पुगेको छ । जसमध्ये २३ जनाको मृत्यु भएको छ ।

हालसम्म १ हजार ९०४ जना संक्रमित निको भएर घर फर्किएका छन् । मंगलबार सक्रिय संक्रमित ६३७ जना रहेको छन् ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ५ : ५७ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्