११ श्रावण २०८३, सोमबार | July 27, 2026

रुपन्देहीमा थपिए ६८ नयाँ संक्रमित, बुटवलका मात्रै ४५ जना



बुटवल । रुपन्देहीमा मंगलबार ६८ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीले मंगलबार साँझ जारी गरेको कोरोनाको दैनिक संक्रमित प्रतिवदेन अनुसार २० जना महिला र ४८ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

सबैभन्दा धेरै संक्रमित मंगलबार पनि बुटवल उपमहानगरपालिकामै थपिएका छन् ।

बुटवलमा १५ जना महिला र ३० जना पुरुषलाई गरी ४५ जनालाई संक्रमण देखिएको छ ।

यस्तै, सिद्धार्थनगर नगरपालिकामा १० जना पुरुषलाई संक्रमण देखिएको छ भने देवदह नगरपालिकामा १ जना पुरुष संक्रमित भएका छन् ।

तिलोत्तमा नगरपालिकामा ३ जना महिला र ४ जना पुरुष गरी ७ जनालाई संक्रमण देखिएको छ ।

यसैगरी लुम्बिनी सांस्कृतिक नगरपालिकामा १ जना महिला, सैनामैना नगरपालिकामा ३ जना पुरुष र सुद्धोधन गाउँपालिकामा १ जना महिला र १ जना पुरुषलाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

रुपन्देहीमा हालसम्म संक्रमितको संख्या २ हजार ५६४ पुगेको छ । जसमध्ये २३ जनाको मृत्यु भएको छ ।

हालसम्म १ हजार ९०४ जना संक्रमित निको भएर घर फर्किएका छन् । मंगलबार सक्रिय संक्रमित ६३७ जना रहेको छन् ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ५ : ५७ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले