१ पुस २०८२, मंगलबार | December 16, 2025

बाँकेमा कुल संक्रमितको संख्या २ हजारको नजिक, बिहिबार थपिए ६४ जना



नेपालगन्ज । निषेधाज्ञा र लकडाउनलाई खुकुलो बनाएसँगै नेपालका बिभिन्न जिल्लाहरुमा कोरोना संक्रमित थपिने क्रमले तिब्रता लिएको छ । बिहिबार १ जनामात्र डिस्चार्ज भएको बाँकेमा बिहिबार साँझ ९ बजे सम्ममा ६४ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार बिहिबार बाँकेमा १२ महिला र ५२ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु मध्य भेरी अस्पतालको ल्याबमा ३४ जना, नेपालगन्ज मेडिकल कलेजको ल्याबमा २६ जना र बागेश्वरी ल्याबबाट ४ जनाको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोना फोकलपर्शन नरेश श्रेष्ठले बताए ।

बाँकेमा कुल संक्रमितको संख्या १९७७ पुगेको छ । जसमा १५४२ जना कोरोना मुक्त भएर घर फर्केकाछन् । बाँकेमा बिहिबार मृत्यु भएका २ जना सहित १८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  १० : ०३ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज